अटो दुर्घटना हुँदा चार जना घाइते

लोकप्रिय

हेटौँडा, कात्तिक ९ गते । 

मकवानपुरको मकवानपुरगढी गाउँपालिका –७ दुम्सीडाँडास्थित भित्री कच्ची सडकखण्डमा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । 

दुम्सीडाँडाबाट हेटौँडातर्फ आउँदै गरेको ना २ ह ५१७४ नम्बरको अटो अनियन्त्रित भइ सडकबाट करिब ३०–३५ फिट तल खसेर दुर्घटना भएको हो ।

अटोमा परी मकवानपुर गढी गाउँपालिका ७ सुकौराका वर्ष २३ की  मनिता मोक्तान, उहाँको छोरी दुई महिनाकी जानुका जिम्बा, मकवानपुरगढी  ७ सुकौराका वर्ष २९ का कृष्णबहादुुर.योन्जन, निजको छोरी वर्ष ८ की सारोक्षा योन्जन, सोही स्थान बस्ने वर्ष २६ की  दिलमाया योन्जन, वर्ष २२ की हिरामाया योन्जन र वर्ष २२ को विकास योन्जन मोक्तान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये पाँच जनाको हेटौँडा अस्पतालमा उपचारपछि घर फर्किएका छन् । साथै मनिता मोक्तान र निजकी छोरी जानुका जिम्बाको अवस्था गम्भीर भएपछि हाल चितवनको पुरानो मेडिकल कलेजमा उपचारका लागि पठाइएको छ ।   

ताजा समाचार

Related Articles