अब चित्लाङमै प्याराग्लाइडिङका मज्जा लिन सकिने

लोकप्रिय

हेटौँडा, कात्तिक १२ गते । 

मकवानपुरको पर्यटकीय स्थल चित्लाङमा व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान सुरु गरिएको छ । बाबु एडभेन्चर्स प्रा.लि.ले थाहा नगरपालिकाको चित्लाङमा प्याराग्लाइडिङ सेवा सुरु गरेको हो ।

थाहा नगरपाललिका–९ को चन्द्रगिरि डाँडाबाट उडान भरेर वडा नं. ९ कै चित्लाङमा अवतरण गर्ने व्यवस्था गरिएको छ ।

बाबु एडभेन्चर्सका संस्थापक सानुबाबु सुनुवारले लामो समयको अध्ययन र अनुसन्धानसँगै सरकारबाट स्वीकृति पाएपछि उपत्यका नजिकै प्याराग्लाइडिङ उडान सुरु गरिएको जानकारी दिनुभयो । उहाँले प्याराग्लाइडिङ उडानका क्रममा काठमाडौं उपत्यका, हिमशृङ्खला, चित्लाङ, मार्खुलगायतका पर्यटकीय स्थलको दृश्यावलोकन गर्न सकिने बताउनुभयो ।

देशका विभिन्न स्थानमा प्याराग्लाइडिङ उडान भइरहेको बताउँदै उहाँले भन्नुभयो, ‘‘अब प्याराग्लाइडिङको मज्जा लिन उपत्यकावासीलाई अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।’’ कम्पनीले विभिन्न स्थानमा प्याराग्लाइडिङ उडानसँगै स्याङ्जामा प्याराग्लाइडिङ स्कुलसमेत सञ्चालन गर्दै आएको छ ।

चन्द्रगिरिडाँडाबाट उडान सुरु गरेपछि १५ देखि ३० मिनेटसम्म उडान गर्न सकिने बताउनुुहुँदै उहाँले हाल छ प्याराग्लाइडिङ उडान गर्नसक्ने सामग्री रहेको बताउनुभयो ।

ताजा समाचार

Related Articles