विद्युतीय व्यापारसम्बन्धी विधेयकको प्रतिवेदन तयार गर्न निर्देशन

लोकप्रिय

काठमाडौँ, कात्तिक १३ गते । 

विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापारसम्बन्धी विधेयक, २०८० को प्रतिवेदन तयार गरी समितिको आगामी बैठकमा पेस गर्न समिति सचिवालयलाई निर्देशन दिएको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । समितिको निर्देशन सुनाउँदै समिति सचिव मनोजकुमार गिरीले समितिले विद्युतीय व्यापारसम्बन्धी विधेयक, २०८० को सम्बन्धमा दफावार छलफल सम्पन्न गरेको बताउनुभयो । उहाँले समिति सचिवालयलाई समितिले आगामी बैठकमा छलफलका लागि पेस गर्ने गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘विद्युतीय व्यापारसम्बन्धी विधेयक, २०८० को सम्बन्धमा समितिले आज दफावार छलफल सम्पन्न गरेको छ । समिति सचिवालयलाई समितिले आगामी बैठकमा छलफलका लागि पेस गर्ने गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।’’

सचिव गिरीले सम्बन्धित निकाय, सम्बन्धित मन्त्रालय र कानुन मन्त्रालयसँगको समन्वयमा सचिवालयले प्रतिवेदन तयार गर्ने र कात्तिक १६ गते बस्ने समितिको बैठकबाट पारित गर्ने बताउनुभयो ।

ताजा समाचार

Related Articles