समानुपातिक सांसदमा यादवलाई पठाउने जसपाको निर्णय

लोकप्रिय

काठमाडौँ, कात्तिक १३ गते । 

जनता समाजवादी पार्टी, नेपालले मधेस प्रदेश सभामा खालि रहेको समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको छ । 

सोमवार पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले यस्तो निर्णय गरेको हो । समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा यादवलाई चयन गरिएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै जसपा नेता प्रकाश अधिकारीले बैठकले मधेस प्रदेश सभामा रिक्त समाुनपातिक सांसदका लागि सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको जानकारी दिनुभयो ।  उहाँले बैठकमा संघीय संसदमा पेस हुन लागेका ऐनहरुको बारेमा पनि बैठकमा छलफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कार्यकारिणी समितिको बैठक मधेस प्रदेशमा एक जना प्रदेश सभा सभासदको देहावसान भयो । उहाँको मृत्युपछि उहाँको सिट खालि छ, त्यसको पूर्ति हो । पछिल्लो समय केही ऐनहरु संसदमा आएका छन्, त्यसबारेमा कस्तो ऐन छ, के छ ? त्यसका बारेमा चर्चा छलफल भएको हो । सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय भएको छ । सरकारको बारेमा कुनै छलफल भएको छैन । विभिन्न ऐनहरुका आउँदैछ, ती ऐनहरुका बारेमा कस्तो छ भन्नेबारेमा छलफल भएको छ । शिक्षा ऐन, गिटी बालुवा निकासी ऐन लगायतमा छलफल भयो ।”

नेता अधिकारीले शिक्षा ऐन, गिटी बालुवा निकासी ऐन लगायतका बारेमा बैठकमा छलफल भएको बताउनु भयो ।

ताजा समाचार

Related Articles