दलबीच समीक्षात्मक बैठक जरुरी छ

लोकप्रिय

काठमाडौँ, कात्तिक १६ गते । 

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले लामो समयदेखि थाँती रहेको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन दलहरुबीचको छलफल अत्यन्त सकारात्मक रहेको बताउनुभएको छ । 

आज माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पत्रकार भेटघाटका क्रममा प्रवक्ता सापकोटाले हालै दलका शीर्ष नेताहरुबीच द्विपक्षीय तथा सामूहिकरुपमा समेत छलफल भएको जानकारी दिँदै उहाँले सबै शीर्ष नेताहरु शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने विषयमा गम्भीर रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पार्टीहरुबीच भएको छलफल सकारात्मक रहेको र अब १२ बुँदेका पक्षधरहरुको बीचमा समीक्षासहितको बैठक बसेर कमी-कमजोरी औँल्याउँदै गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक सहभागिता लगायतको कार्यान्वयनको पनि समीक्षा गर्न जरुरी छ ।” उहाँले हालै सम्पन्न संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

संसारभरि जलवायु परिवर्तनको असर परिरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिवले नेपाल भ्रमणका क्रममा सगरमाथाको आधार शिविरमासमेत पुगी विश्वभर एउटा सन्देश दिनुभएकाले त्यसप्रति विश्वलाई सोच्न बाध्य गराएको पनि उहाँले बताउनुभयो ।

 रासस 

ताजा समाचार

Related Articles