पीडितलाई न्याय हुनेगरी शान्ति प्रक्रिया टुङ्गिनुपर्छ 

लोकप्रिय

काठमाडौँ, कात्तिक १६ गते । 

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक द्वन्द्वताका पीडितभएकाहरुलाई न्याय हुनेगरी मात्र शान्ति प्रक्रिया टुङ्गिनुपर्ने बताउनुभएको छ । बिहीवार संसद भवनमा बसेको संसदीय दलको संयुक्त बैठकमा उहाँले सो कुरा बताउनुभएको हो ।

हिंसा सुरु गरेको दिनलाई विजयोत्सव मनाउनेहरुको खुशीका लागि शान्ति प्रक्रिया टुंग्याएको बहानाबाजी गर्न नसकिने उहाँको भनाइ छ । हिंसा मच्चाउने र अन्याय गर्नेहरु आज न्यायाधीश बनेर सरकारको साँचो बोकेर शान्ति प्रक्रिया टुंग्याउन लागेको उहाँले टिप्पणी गर्नुभयो । क्रुर हत्या गर्नेहरुका पीडित परिवारको मुद्दालाई क्रान्ति भनेर मुद्दा नै नचलाइएको उहाँले चर्चा गर्नुभयो । हिंसा सुरु गरेको दिनलाई उत्सवको रुपमा मनाउने प्रवृत्तिबाट शान्ति प्रक्रिया टुंगिन नसक्ने उहाँको बुझाइ छ । शान्ति प्रक्रिया पीडितलाई न्याय दिनेगरी मात्र टुङ्गिनुपर्छ अन्यथा हुँदैन उहाँले भन्नुभयो । 

“गंगा अधिकारी (गोरखा) अहिले पनि अनसनमै हुनुहुन्छ । उहाँको श्रीमानको लाश अस्पतालमा छ । त्यो लाश उठाउन कुनै ध्यान छैन सरकारको” अध्यक्ष ओलीले भन्नुभयो, “उहाँको छोरोलाई पनि माओवादी कार्यकर्ताले मारेका छन्, त्यो मुद्दा चलाइएको छैन । कसरी न्याय हुन्छ ?” यस्तो मनोदशाले शान्ति प्रक्रिया  सफल कसरी होला ? उहाँले जिज्ञासा गर्नुभयो । 

अध्यक्ष ओलीले सरकार संविधान मिच्ने र अहंकार देखाउने काममा लागेको टिप्पणी गर्नुभयो । स्वेच्छाचारी राज चलाउने, बलमिच्याइँ गर्ने कुरामा अहिलेको सरकार लागेको छ भन्नेकुरा रिगल ढकाललाई सर्वोच्च अदालतले आज दिएको आदेशले पुष्टि गरेको अध्यक्ष ओलीले बताउनुभयो । जनतालाई त्रसित बनाउने, दुःख दिने काममा सरकार लागेको उहाँको आरोप छ । 

ताजा समाचार

Related Articles