राष्ट्रियसभामा वर्षे अधिवेशन अन्त्य भएको जानकारी

लोकप्रिय

काठमाडौँ, कात्तिक १६ गते । 

राष्ट्रिय सभा बैठकमा चालु अधिवेशन अन्त्य भएको जानकारी गराइएको छ । बिहीबारको राष्ट्रियसभा बैठकमा राष्ट्रियसभा अध्यक्ष गणशप्रसाद तिमिल्सिनाले चालु अधिवेशन अन्त्य भएको जानकारी गराउनुभएको हो ।

उहाँले राष्ट्रिय सभाको चालु चौधौँ अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने घोषणा गर्नुभयो । नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८० कात्तिक १६ को सिफारिसमा सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य भएको सदनलाई जानकारी गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८० कार्तिक १६ को सिफारिसमा सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन सम्वत् २०८० साल कात्तिक १६ गते बिहीबार राति १२ बजेबाट अन्त्य हुनेछ । राष्ट्रियसभाको चालु चौधौँ अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुनेगरी यो बैठक अन्त्य भएको घोषणा गर्दछु ।’’

बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चालु अधिवेशन आज मध्यरातिबाट अन्त्य गर्ने निर्णय गरेको थियो । 

वैशाख २४ गतेबाट प्रारम्भ भएको राष्ट्रियसभाको चौधौं अधिवेशन पहिलो बैठक सुरु भएको थियो । वैशाख २४ गतेबाट सुरु भएको बैठक कात्तिक १६ गते अन्त्य भएको हो । यस समयमा १८० दिन सदन चालु रह्यो । यस अवधिमा ३९ दिनमा ४८ वटा बैठक बसी जम्मा ७१ घण्टा ११ मिनेट सभाको काममा व्यतीत भयो ।

ताजा समाचार

Related Articles