भूकम्प प्रभावितलाई बागमती प्रदेशको एक करोड ५० लाख सहयोग

लोकप्रिय

हेटौँडा, कात्तिक २० गते । 

बागमती प्रदेश सरकारले कर्णाली प्रदेशको विभिन्न जिल्लाका भूकम्पबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि सहयोग उपलब्ध गराएको छ ।

बागमती प्रदेश सरकारले कर्णाली प्रदेश सरकारमार्फत भूकम्पबाट प्रभावित नागरिकको तत्काल प्रभावकारी उद्धार, राहत र उद्धार र पुनर्निर्माणका लागि एक करोड ५० लाख रुपियाँ सहयोग उपलब्ध गराउने भएको हो ।

बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले विपत्को समयमा कणाली प्रदेश सरकारमार्फत कर्णाली प्रदेशका विभिन्न जिल्लाका भूकम्प प्रभावित नागरिक राहत र उद्धारका लागि सहयोग उपलब्ध गराउने प्रदेश सरकारले निर्णय गरेको जानकारी दिनुभयो ।

बागमती प्रदेश सरकारका प्रवक्ता श्रेष्ठले शनिबार विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेशको जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पले ठुलो मात्रामा जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लाहरूमा जनधनको क्षतिपुगेकोमा बागमती प्रदेश सरकारको तर्फबाट दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले उक्त भूकम्पमा परी ज्यान गुमाउनुभएको सम्पूर्ण व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार र आफन्तजनहरूमा गहिरो समवेदनाका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

ताजा समाचार

Related Articles