बागमती प्रदेशका १० अस्पतालको स्तरोन्नति गरिने

लोकप्रिय

हेटौँडा, पुस ४ गते ।
बागमती प्रदेश सरकारले प्रदेशका १० वटा अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ ।

मङ्गलवार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशका १० वटा अस्पतालमा बेड सङ्ख्या थप गर्दै स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेशका १० वटा अस्पतालहरूलाई ५० देखि ३०० बेडसम्म स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी प्रदेश सरकारले मकवानपुरको हेटौँडा अस्पताल र भक्तपुर अस्पताल भक्तपुरलाई ३०० बेडमा स्तरोन्नति गर्ने निर्णय गरेको बताउनुभयो । यसैगरी धादिङ अस्पताल धादिङ बेसी, त्रिशूली अस्पताल नुवाकोट, सिन्धुली अस्पताल सिन्धुली र बकुलहर अस्पताल चितवन १०० बेडमा स्तरोन्नति गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

यस्तै सिन्धुपाल्चोक अस्पताल, रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाईं अस्पताल र काभ्रेको मेथिनकोट अस्पताल ५०/५० बेडमा स्तरोन्नति गर्ने निर्णय भएको छ ।

कर्मचारीहरूको सङ्गठन संरचना स्वीकृत गर्दै हाल सञ्चालनमा रहेका १० वटा प्रदेश अस्पतालहको स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

ताजा समाचार

Related Articles