राष्ट्र संक्रमणकालमा उभिएको छ: देउवा

लोकप्रिय

काठमाडौँ, पुस ७ गते ।
नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले राष्ट्र संक्रमणकालमा उभिएको बताउनु भएको छ ।

बागमती प्रदेश अधिवेशनलाई सनिवार काठमाडौँमा सम्बोधन गर्दै सभापति देउवाले मुलुक दोधारमा र संक्रमणकालमा उभिएको बताउनु भएको हो ।

‘‘अहिले राष्ट्र दोधारमा उभिएको छ, एउटा संक्रमणकालमा छ । अहिले बेला हामी सवैले मिलेर खाँसगरी कांग्रेसले अब नेतृत्व दायी भूमिकामा बसेर काम गर्नु पर्ने अवस्था छ,” सभापति देउवाले भन्नुभयो ।

वर्तमान व्यवस्थामा कुनै पनि पार्टीको बहुमत आउने सम्भावना नरहेपनि सबैको साथ सहयोगबाट पार्टीलाई अझै सुदृढ गर्दै पूर्ण रुपमा प्रतिबद्ध गराई बलियो बनाउन लाग्नुपर्नेमा सभापति देउवाको जोड छ ।

सभापति देउवाले गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था महत्त्वपूर्ण र सवै भन्दा उत्तम ब्यवस्था भएको उल्लेख गर्दै यो व्यवस्था समावेशितामा आधारित व्यवस्था भएको बताउनु भयो ।
– नेपाल टिभी अनलाइनबाट

ताजा समाचार

Related Articles