मनहरीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

लोकप्रिय

हेटौँडा, पुस १६ गते ।
मकवानपुरको मनहरी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मनहरी गाउँपालिकाको आयोजना, रोटरी माध्यमीक विद्यालयको व्यवस्थान र खेलकुद विकास समितिको समन्वयमा भएको प्रतियोगिताको सोमबार उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले खेलकुदको विकाससँगै विद्यार्थीहरुमा रहेको खेल प्रतिभाहरुको उजागर गर्न प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
उहाँले पालिकास्तरको खेलबाट विजयी भई जिल्लास्तरमा विजयी हुने टिमलाई विशेष पुरस्कारको व्यवस्था गरिने बताउनुभयो ।
दुई दिनसम्म चल्ने प्रतियोगितमा पालिकाभित्रका सामुदायिक र संस्थागत गरी १३ वटा माध्यमिक विद्यालय सहभागी छन । प्रतियोगितामा कबड्डी, भलिवल, रिले दौड, हाईजम्पलगायतका खेल हुनेछन् ।
खेलकुद विकास समिति मनहरीका संयोजक विरु लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सीता पुलामी मगर, वडा नं. ३ का वडाध्यक्ष अनन्त प्रकाश अर्याललगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles