झण्डै ३४ लाखको लागतमा सार्वजनिक शौचालय निर्माण

लोकप्रिय

हेटौँडा, पुस २० गते ।
हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौर क्षेत्रमा सार्वजनिक शौचालय अभावलाई पूर्ति गर्न सङ्घीय सरकारले सार्वजनिक शौचालय निर्माण गरेको छ ।
सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, हेटौँडामार्फत हुप्रचौरमा निर्माण भएको सार्वजनिक शौचालयको हेटौँडा उपमहानगरपालिका वडा नं. ४ को कार्यालयले सञ्चालन गर्ने गरी हस्तान्तरण गरिएको छ ।
सार्वजनिक शौचालय वडा कार्यालयमार्फत व्यवस्थापन र सञ्चालन गर्ने गरी आयोजनाले बिहीबार यहाँ आयोजित कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामालाई हस्तान्तरण गरेको हो ।
महिला, पुरुष र शारिरीक अशक्तहरुका लागि निर्माण भएको शौचालयको साँचो उपमहानगरपालिकाका नगरप्रमुख लामा र आयोजना कार्यालयका प्रमुख उज्ज्वल शौचालय ३३ लाख ७० हजार ४५२ रुपियाँको लागतमा निर्माण गरिएको हो ।
हुप्रचौर खेल मैदानमा आउने खेलाडीलगायतले शौचालयको प्रयोग गर्न सकिने गरी व्यवस्था मिलाईएको वडा कार्यालयले जनाएको छ ।
शौचालय हस्तान्तरण कार्यक्रममा नगर प्रमुख लामाले सङ्घीय सरकारले निर्माण गरेको शौचालयको व्यवस्थापनसहित सरसफाईको जिम्मेवारी उपमहानगर र वडा कार्यालयले लिने बताउनुभयो ।
तस्विरः हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौरमा सङ्घीय सरकारले निर्माण गरेको सार्वजनिक शौचालयको साँचो हेटौँडा उपमहानगर प्रमुखमार्फत वडाध्यक्षलाई हस्तान्तरण गर्दै

ताजा समाचार

Related Articles