पहिचानका नाममा द्वन्द्व बढाउन हुँदैन

लोकप्रिय

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस सधैँ पहिचानको पक्षमा रहेको बताउनुभएको छ ।

मोरङको सुन्दरहरैचामा आज आयोजित नेपाल लोकतान्त्रिक आदिवासी जनजाति सुन्दर हरैंचाको प्रथम नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले पहिचानको मुद्दालाई काँग्रेसले जति कसैले नउठाएको दाबी गर्नुभयो ।

काँग्रेसले विगतदेखि नै ‘द्वन्द्व पनि मेटिने र पहिचान पनि भेटिने’ भन्दै आएको बताउँदै पहिचानका नाममा समाजमा फाटो ल्याउने नभई कहीँ कतै भएका तुष मेट्ने पहिचानको पक्षमा कांग्रेस रहेको उहाँले प्रष्ट पार्नुभयो । पहिचानका नाममा समाजलाई भत्काउने र द्वन्द्व बढाउने क्रियाकलाप कतैबाट पनि हुन नहुने उहाँको भनाई थियो ।

देशमा भ्रष्टाचार मौलाएको बताउँदै नेता कोइरालाले भ्रष्टाचारविरुद्ध सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

सुशासन बिना देशको विकास सम्भव नहुने भएकाले सबैभन्दा पहिले तीनै तहका सरकार सुशासन कायम गर्न लाग्नुपर्ने उहाँले बताउनुभयो ।

ताजा समाचार

Related Articles