माघी महोत्सवमा सामूहिक विवाह

लोकप्रिय

सुनसरी माघ २ गते ।
थारु कल्याणकारी सभा दुहबीको आयोजनामा ३ जोडी थारु समुदायका युवायुवतीको सामूहिक विवाह गरि दिएको छ ।

नव विवाहित युवायुवतीहरूलाई विभिन्न झाँकी र बाजा सहित नगरपरिक्रमा गराइ मण्डपमा परम्परागत शैली अनुसार विवाह गराइएको थारु कल्याणकारिणी सभा दुहबी नगर सभापति महेश कुमार माझीले जानकारी दिनुभयो ।

विवाहित हुने जोडीहरूमा दुहबी ४ का सुनिललाल चौधरी र दुहबी ७ कि रबिता चौधरी , दुहबी ११ का सञ्जीव भगत र स्वस्तिका खवास , दुहबी ९ का नरेश माझी र झापा बिर्तामोड की प्रियङ्का चौधरीले सामूहिक विवाह गरेका थिए ।

विवाहित जोडीहरूलाई प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदार विजय कुमार गच्छदारले सम्मान पत्र वितरण गरेका थिए भने दुहबी नगरप्रमुख बेद गच्छदारले वैवाहिक शुभकामना कार्ड प्रदान गरेका थिए ।

थारु जातीको आधुनिक शैलीले गर्दा परम्परागत रीतिरिवाज मासिँदै गएको , वैवाहिक खर्च धान्नै मुस्किल हुँदै गएको र धेरै तडक भडक देखासेखिले गर्दा ठुलो धनराशि खर्चिने हुँदा जग्गा जमिन समेत विक्री गर्नु पर्ने , यसले घरबार समेत मासिने अवस्था आएको हुँदा आगामी दिनमा यस्तो कार्यलाई रोक्न समाजमा सन्देश प्रवाह गर्ने उद्देश्यले यस्तो किसिमको सामूहिक विवाहको आयोजना गरिएको सभाले जानकारी दिए ।

थारु कल्याणकारीणि सभा दुहबी नगर सभापति महेश माझीको अध्यक्षतामा सरस्वती माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित माघी महोत्सवमा प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदार र विशिष्ट अतिथि दुहबी नगर प्रमुख बेद गच्छदार रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गच्छदारले थारु जाती धर्तीमा मानव जातिको बस्ती बिकास सँगै नेपालमा बसोबास गरेको हुँदा आफ्नो छुट्टै पहिचान रहेको र यस्को अधिकार प्राप्तिका लागी पटक पटक आन्दोलन र जेल बसेको बताए ।

ताजा समाचार

Related Articles