विद्यालयमा तीन दिन बिदा दिने

लोकप्रिय

विराटनगर माघ २ गते ।
शीतलहरूसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था बिदा दिने निर्णय गरेको छ ।

आज एक सूचना जारी गर्दै महानगरले बुधबारदेखि शुक्रवारसम्म तीन दिन महानगर क्षेत्रका सम्पूर्ण विद्यालय बिदा दिने निर्णय गरेको हो ।

अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरिएको महानगरले जनाएको छ ।

केही दिनयता विराटनगरसहित तराईका जिल्लामा शीतलहरूसँगै चिसो बढेको छ ।

यसअघि निर्णय भएको माघ ३, ४ र ५ गते महानगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता भने सञ्चालन हुने महानगरले जनाएको छ । बुधबारदेखि एक समारोहका बीच शहीद रङ्गशालामा रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन हुँदैछ ।

ताजा समाचार

Related Articles