डेरी एसोसिएसनको रजत जयन्ती सम्पन्न

लोकप्रिय

काठमाडौँ, माघ ७ गते ।
नेपाल डेरी एसोसिएसनकोे रजत जयन्ती एवं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालको सभापतित्व एवं कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलको प्रमूख आतिथ्यतामा काठमाडौँमा आइतबार डेरी एसोसिएसनको रजत जयन्ती एवं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, वस्तुगत संघका उपाध्यक्ष हेमराज ढकाल, राष्ट्रिय दुग्ध विकास वोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादव, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. सूर्य पौडेल , पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहाल , खाद्य प्रविधि तथा नियन्त्रण विभागका महानिर्देशक मतिना जोशी वैद्य र कृषि उद्यम केन्द्रका सभापती डि.बि बस्नेतलगायतका उपस्थिति रहेको थियो ।।
रजत जयन्तीको अवसरमा विभिन्न विधामा राष्ट्रिय सम्मान, पूर्व अध्यक्षहरुहरुलाई सम्मान, उत्कृष्ट प्रदेश सम्मान, डेरी उद्योग, पत्रकारहरु सम्मान गरिएको थियो । सम्मानित हुनेहरुका पूर्व सचिव डा. योगेन्द्र कुमार कार्की, भैंसेपाटी डेरी उद्योग, ललितपुरका दीपक सञ्जेल, गजुरमुखी दर्शन डेरी उद्योग, ईलामका अशेषकुमार बुढाथोकी, पर्रोहा दुध डेरी उद्योग, रुपन्देहीका शिवलाल भुषाल, धमला डेरी प्रडक्ट्स प्रा.लि, भक्तपुरका दीपप्रसाद धमला, उत्कृष्ट प्रदेशमा बागमती प्रदेशका अध्यक्ष टीकाप्रसाद घिमिरे, संस्थापक अध्यक्ष राजेन्द्र गोपाल श्रेष्ठ, हिमालय टाइम्सका आर्थिक व्युरो चिफ लेखनाथ पोख्रेल, न्युज लाईन मिडिया प्रा.लिका राजु भट्ट, कृषि अनलाईन सम्पादक बैकुण्ठ भण्डारी र टक्सार म्यागजिनका रवि थापालाई सम्मान गरिएको थियो ।
यस्तै नेपाल डेरी एसोसिएसन पूर्व अध्यक्षद्वय मेघराज भण्डारी र सुमित केडिया सम्मान गरिएको थियो । साथै मरणोप्रान्त सम्मान एसोसिएसनको सदस्य रहेको सीताराम गोकुल मिल्क्स्का, अध्यक्ष स्व. विश्वनाथ केडियालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा रजत जयन्ती मुल समारोह समितीका संयोजक दीपप्रसाद धमलाले कार्यक्रमको बारे प्रष्ट पार्दै दुग्ध क्षेत्रको विभिन्न समस्याको बारे जानकारी गराउनुभएको थियो । यसैगरी एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडिया, वस्तुगत संघका उपाध्यक्ष हेमराज ढकाल, एसोसिएसनका महासचिव हेमचन्द्र खनाललगायतले बोल्नुभएको थियो ।

ताजा समाचार

Related Articles