वैशाख २१ गते आठौँ संस्करणको पोखरा स्पोर्टस् अवार्ड हुने

लोकप्रिय

पोखरा माघ ७ गते ।
आठौँ संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०८० आउँदो वैशाख २१ गते हुने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने उक्त अवार्ड विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरिने मञ्चले जनाएको छ ।

मञ्चको ३४ औँ बैठकले उक्त निर्णय गरेको मञ्चका महासचिव राजाराम पौडेलले बताउनुभयो ।

खेलाडी, प्रशिक्षक तथा खेल क्षेत्रमा क्रियाशील संघ संस्थालाई थप प्रोत्साहन गर्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।

अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने बताइएको छ ।

ताजा समाचार

Related Articles