शौचालयमा निस्सासिएर मृत्यु

लोकप्रिय

हेटौँडा, माघ १५ गते ।
शौचालय छिरेका हेटौँडा उपमहानगरपालिका ९ का एक युवकको निस्सासिएर मृत्युभएको छ ।
सोमबार करिब १२ः३० बजेको समयमा शौचालयमा छिरेका युनेश काफ्लेलाई बेहोस अवस्थामा फेला पारी तत्काल उपचारको लागि मकवानपुर सहकारी अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २५ वर्षीय आफ्नै घरको शौचालयमा गएकोमा निकैबेरसम्म शौचालयबाट बाहिर ननिस्केपछि घर परिवारका सदस्यले बाहिरबाट बोलाउँदा नबोलेपछि ढोका फोरेर हेर्दा बेहोस अवस्थामा फेला परेका थिए ।
बेहोस अवस्थामा रहेका काफ्लेलाई तत्काल उपचारको लागि मकवानपुर सहकारी अस्पताल ल्याएकोमा डाक्टरले १२ः५५ बजे मृत घोषणा गरेको थियो । आफन्तसँग बुझ्दा गिजर खुल्लै राखेको भन्ने बुझिन आएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles