सुमोमा माथिबाट ढुङ्गा खसेर लाग्दा यात्रु घाईते

लोकप्रिय

हेटौँडा, माघ १५ गते ।
कान्ति लोकपथ अन्तर्गत मकवानपुर भीमफेदी गाउँपालिका वडा नं. ८ बगुवास्थित सडकखण्डमा माथिबाट टाटा सुमोमा ढुङ्गा खसेर लाग्दा सुमोमा सवार यात्रु घाइते हुनुभएको छ ।
सोमबार काठमाडौँबाट सर्लाहीतर्फ आउँदै गरेको ना १ ज ५९४३ नं. को टाटा सुमोमा माथिबाट ढुङ्गा खसी सुमोको झ्यालको सिसा फुटेर लाग्दा सर्लाही जिल्ला बरहथवा नगरपालिका २ का वर्ष ३६ की सीता पौडेल घाइते हुनुभएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पौडेलको टाउकोमा चोट लागेको र उहाँको हाल हेटौँडा अस्पतालमा उपचार भईरहेको छ ।
टाउकोमा चोट लागि घाईते भएपछि स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि सोही सुमोमा राखेर हेटाँैडा अस्पतालमा पठाईएको थियो ।
उक्त सुमोमा चालकसहित १० जना सवार रहेका थिए ।

ताजा समाचार

Related Articles