उद्योग वाणिज्य महासङ्घको प्रदेश सभा सम्पन्न

लोकप्रिय

हेटौँडा, फागुन १२ गते ।
नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशको सातौँ प्रदेश सभा हेटौँडामा सम्पन्नभएको छ ।
शुक्रबार सभाको उद्घाटन गर्दै बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले नेपालमा अझै औद्योगिकीकरणका लागि उपयुक्त वातावरण निर्माण हुन नसकेको बताउनुभभयो ।
प्रमुख शर्माले नेपालमा लगानी र उद्योगमैत्री वातावरण निर्माण नभएको बताउनुभयो ।
उहाँले नयाँ संविधान निर्माण भएको आठ वर्ष हुँदासमेत देशमा लगानी र उद्योगमैत्री नीति निर्माण हुन नसकेको भन्दै लगानी र उद्योगमैत्री हुने गरी ऐन कानुन निर्माण आवश्यक भएको बताउनुभयो ।
प्रदेश प्रमुख शर्माले उद्योग व्यावसाय क्षेत्रको देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान र कुल ग्राहस्थ्य उत्पादनमा ठूलो हिस्सा भएको बताउँदै राज्यले राष्ट्रिय उद्योगपतिको संरक्षण गर्न नसकेको बताउनुभयो ।
देशमा विदेशी लगानी भित्र्याउने महत्वपूर्ण माध्यम उद्योगन्दा हो तर पछिल्लो समय उद्योगमा देखिएको समस्या हाम्रा लागि विडम्बना हो उहाँले भन्नुभयो सरकारले नागरिकलाई उत्पादनसँग जोड्न र रोजकारीको अवसर सिर्जना गर्न र राज्यको आय वृद्धिको योजना बनायर जानु आवश्यक छ ।
पछिल्लो समय युवा वैदेशिक रोजगारीमा जाँदा धेरै पैसा विदेशमा पलायन भएकोले त्यसलाई रोक्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र कोइरालाले कृषिलाई उद्योगको विकास गर्दै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
साधारण सभा नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

ताजा समाचार

Related Articles