सहिद स्मारकमा २२ फिटको राष्ट्रिय झण्डा

लोकप्रिय

हेटौँडा, फागुन १२ गते ।
हेटौँडा उपमहानगरपालिका ११ स्थित सहिद स्मारकमा २२ फिट अग्लो राष्ट्रिय झण्डा फहराइएको छ ।
६५ अग्लो फलामे पोलमा राखिएको २२ फिट लम्बाइको राष्ट्रिय झण्डा फहराइएको हो । साथै राष्ट्रिय गान बजाइने कार्यको पनि शुभारम्भ गरिएको छ ।
सहिद स्मारक विकास समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले स्मारकमा प्रजातन्त्र दिवसको अवसर फहराइएको झण्डा नियमित रुपमा रहने बताउँदै सहिद स्मारकमा अब हरेक दिन बिहान १० बजे राष्ट्रिय गान बजाइने बताउनुभयो । ६५ फिट अग्लो पलामे पोलमा २२ फिटको कपडाको झण्डा राख्ने, पोल गाड्न जग निर्माणलगायतका कार्यका लागि सात लाख रुपियाँ खर्च भएको सहिद स्मारक विकास समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय झण्डा करिब आठ हजार रुपियाँ खर्चेर काठामाडौँबाट सिलाएर ल्याइएको थियो ।

ताजा समाचार

Related Articles