प्रदेश प्रमुख शर्माद्वारा सुनकोशी मरिण आयोजनाको अवलोकन

लोकप्रिय

सिन्धुली, १४ फागुन ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सिन्धुलीको सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गर्नुभएको छ ।

प्रदेश प्रमुख कार्यालयका टोलीसहित अवलोकनका लागि आइतबार पुग्नुभएका प्रदेश प्रमुख शर्माले आयोजनामा भइरहेको कार्यप्रगतिबारे जानकारी लिनुभएको छ । आयोजनाका तर्फबाट प्रदेश प्रमुख शर्मालाई सुरुङको कामको प्रगतिको बारेम जानकारी गराइएको थियो ।

यस्तै प्रदेश प्रमुख शर्माले सिन्धुलीको कमलामाई नगरपालिका ३ स्थित राष्ट्रिय कलाघर पुगेर अवलोकन गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले त्यहाँ नेपाली कला, सँस्कृतिको जगेर्ना गर्नका लागि कलाघरले गरेको योगदान र पञ्चेबाजामा नेपाली चेलीहरुले गीत प्रस्तुत गरेकोमा प्रशंसा गर्नुभएको थियो । कलाघरले नेपाली कलाको सँस्कृति र भाषाको विकासका लागि महत्वपूर्ण योगदान पुराउने उहाँले बताउनुभयो । देश विकासको आधार र राष्ट बन्ने नै कलासँस्कृतिले भएकोले कला सँस्कृतिको जगेर्ना गर्न सरोकारवालाको महत्वपूर्ण भूमिका रहने भन्दै प्रदेश प्रमुख शर्माले आफ्नो तर्फबाट पनि कलाघरलाई सहयोग पुराउने प्रतिवद्धत्ता व्यक्त गर्नुभयो ।

प्रदेश प्रमुखको टोलीलाई स्वागत गर्दै कला घरका संयोजक सुमन शर्माले प्रदेश प्रमुख अभिभावक भएकोले यसको संरक्षणका लागि सहयोग पाउने अपेक्षा व्यक्त गर्नुभयो । प्रदेश प्रमुख शर्मा कला घरमा आईपुगेकोले यसले नेपाली सँस्कृतिमा टेवा पुगेको भन्दै कलाघर टोलीले खुशी व्यक्त गरेका थिए ।

प्रदेश प्रमुख शर्मा दोखलाको सिमान्त समुदाय सुरेल बस्तीमा पुगेर सुरेल समुदायको अवस्थाबारे जानकारी लिने कार्यक्रम पनि रहेको छ ।

ताजा समाचार

Related Articles