होटल एशोसिएसन आफ्नै भवनमा

लोकप्रिय

हेटौँडा, चैत १ गते ।
हेटौँडा उपमहानगरपालिका ११ स्थित थानाभ¥याङमा होटल व्यवयासीहरुको छाता सङ्गठन होटल एशोसिएसनको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
होटल व्यवसायी महासङ्घ नेपालका अध्यक्ष दिनेशकुमार चुकेले बुधबार यहाँ आयोजित कार्यक्रममा मकवानपुर होटल एसोसिएसनको १५ औँ साधारण सभा तथा मकवानपुर होटल एशोसिएसनको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो ।
मकवानपुर होटल एशोसियसन अध्यक्ष दिलिश गोविन्द जोशीले हेटौँडा उपमहानगरपालिकाले उपलब्ध गराएको पाँच कठ्ठा जग्गामा होटल व्यवसायी महासङघ नेपाल, होटल तथा पर्यटन व्यवसायी महासङ्घ बागमती प्रदेश, मकवानपुर होटल एसोसिएसनको सचिवालय रहने गरी भवन निर्माण गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार दुई कोठे भवन २२ लाख ५० हजार रुपियाँको लागतमा निर्माण गरिएको हो ।
कार्यक्रममा होटल व्यवसायी महासङ्घ नेपालका अध्यक्ष चुकेले पछिल्लो समयमा पर्यटकको क्षेत्र सुस्ताएको भन्दै सरकारले पर्यटनको क्षेत्रमा स्पष्ट नीतिगत व्यवस्था गर्न नसक्दा समस्या आएको बताउनुभयो ।
महासङ्घले देशभर रहेका ८१ हजार होटल व्यावसायीको क्षेत्रमा कार्य गर्दै आएको भन्दै उहाँले पछिल्लो समय होटल व्यवसाय क्षेत्रमा आएको विकृति प्रशासनसँग सहकार्य गरेर समाधान गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले होटल व्यवसाय क्षेत्रमा १० हजार जनशक्तिले रोजगारी पाउने् भन्दै महासङ्घले दक्ष जनशक्ति उत्पादन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी महासङ्घ बागमती प्रदेशमा अध्यक्ष दामोदर नेपाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईलगायतले बोल्नुभएको थियो ।

ताजा समाचार

Related Articles