करिब १० किलो अफिमसहित एक जना पक्राउ

लोकप्रिय

हेटौँडा, चैत १० गते ।
मकवानपुर प्रहरीले मनहरीबाट करिब १० केजी अफिमसहित एक जनालाई पक्राउ गरेको छ । मनहरी गाउँपालिका वडा न. ७ पेङ्चे बजारस्थित सडक खण्डमा राक्सिराङ गाउँपालिका तर्फबाट पेङ्चे बजारतर्फ आउँदै गरेको बा.प्र.०३–००५ प ३१०३ नं. मोटरसाइकल र बा.प्र. ०३–००३ प ९६४७ न.मोटरसाइकललाई रोकी जाँच गर्दा नौ किलो ८२० ग्राम लागूऔषध अफिम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले राक्सिराङ गाउँपालिका वडा नं. ५ घर भई हाल मनहरी गाउँपालिका ७ बस्ने वर्ष २२ का बिवेक प्रजालाई नियन्त्रणमा लिएको छ । बा.प्र. ०३–००३ प ९६४७ न.को मोटरसाइकलमा सवार दुई जना व्यक्ति फरार भएकोले निजहरुको खोजतलास भईरहेको छ । साथै नियन्त्रणमा लिईएको बिवेक प्रजालाई मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles