करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु

लोकप्रिय

दाङ, चैत १० गते ।
दाङको देउखुरीमा करेन्ट लागेर एकै घरका तीन जनाकै मृत्यु भएको छ । राप्ती गाउँपालिका—३, तल्लो मसुरिया चोकमा शनिबार दिउँसो करिब दुई बजे विद्युतको तार चुँडिएर करेन्ट लाग्दा एकै घरका तीन जनाको भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

करेन्ट लाग्दा सोही ठाउँ निवासी चन्द्रबहादुर केसीका छोरा वर्ष ४ को कृष्ण केसी र हजुरआमा ५५ वर्षीय दिलसरा केसी र ६० वर्षीय हजुरबुवा गोरखबहादुर केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक उज्जलबहादुर सिंहले जानकारी दिनुभयो ।

घाइतेमध्ये हजुरआमा र नातिको लमही अस्पताल तथा हजुरबुवाको बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो । आँगनमा उभिएको अवस्थामा चुँडिएको तारबाट करेन्ट लागेर उनीहरूको मृत्यु भएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनको तार चुँडिएर करेन्ट लागेको बताइएको छ ।

विधुत प्राधिकरणको लापरबाहीले तार चुँडिएर मानवीय क्षति भएको स्थानीयहरूले बताएका छन् । अहिले मृतकका आफन्तले क्षतिपूर्तिको माग राखी विधुत जोड्न दिएका छैनन् ।

ताजा समाचार

Related Articles