नयाँ समीकरण सकारात्मक बाटोतर्फ उन्मुख

लोकप्रिय

पोखरा, चैत १० गते ।
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकलाई सही बाटो देखाउन एमाले जस्तोसुकै त्याग गर्न तयार रहेको बताउनुभएको छ ।

नेकपा एमाले कास्कीको ११ औँ जिल्ला अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै महासचिव पोखरेलले मुलुकलाई सही बाटो देखाउन पुरानो गठबन्धन भत्काइएको प्रष्ट पार्नुभयो । नयाँ समीकरणले देशमा हाल देखिएका समस्या हल गर्न सकारात्मक बाटोतर्फ उन्मुख भएको उहाँको भनाई थियो ।

पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा आइतबारसम्म चल्ने उक्त महाधिवेशनको पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिए पनि स्वास्थ्यका कारण अध्यक्ष ओली सहभागी हुन नसक्नुभएको एमाले कास्कीले जनाएको छ ।

अधिवेशनमा कास्कीका ७२ वटा वडा, जनसङ्गठन, सल्लाहकार परिषद्, तिन इलाका कमिटीका शाखा कमिटी, सल्लाहकार कमिटी र आयोजक कमिटीबाट गरी ९ सय ३५ जना प्रतिनिधिको सहभागिता रहने एमाले कास्कीका अध्यक्ष एवं अधिवेशन मुल समारोह संयोजक मनबहादुर गुरुङले बताउनुभयो ।

अधिवेशनले १ सय २० सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।

सो अवसरमा एमालेका केन्द्रिय सचिव द्वय गोकर्ण विष्ट, पद्मा अर्याल, गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी लगायतका नेताहरूले पनि धारणा राख्नुभएको थियो ।

ताजा समाचार

Related Articles