अब अनलाइनबाटै रुट पर्मिट लिन पाइने

लोकप्रिय

मकवानपुर, चैत १३ गते ।
बागमती प्रदेशमा अनलाइनबाट पटके (अस्थायी) बाटो इजाजत पत्र भुक्तानी प्रणाली सुरु गरिएको छ । प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले मङ्गलबारदेखि अनलाइन पटके (अस्थायी) बाटो इजाजत पत्र भुक्तानी प्रणाली सुरु गरेको हो ।
प्रदेश सरकारले प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालय पुगेर मात्र पाइने अस्थायी रुट पर्मिट सेवा अब अनलाइनबाटै पाइने छ ।
बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले अनलाइन पटके (अस्थायी) बाटो इजाजत पत्र भुक्तानी प्रणालीका् भक्तपुरको सल्लाघारीस्थित यातायात व्यवस्था सेवा कार्यालयमा आयोजित कार्यक्रममा सेवा शुभारम्भ गर्नुभएको हो ।
उहाँले अबदेखि सार्वजनिक तथा भाडाका सवारी साधनलाई आवश्यक अस्थायी रुट पर्मिट लिन कार्यालय धाउनु नपर्ने बताउनुभयो । उहाँले घरमै बसेर सेवाग्राहीले अस्थायी पटके रुट पर्मिटका लागि फाराम भर्ने र कर तिर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले कार्यालयमा नगई अनलाइनमै इजाजतपत्र पाइने व्यवस्थाले सेवाग्राहीलाई सुविधा हुने विश्वास व्यक्त गर्नुभयो ।

ताजा समाचार

Related Articles