सात सहायताकर्मीको मृत्यु

लोकप्रिय

काठमाडौँ, चैत २० गते।
अमेरिकास्थित एक परोपकारी संस्थाले साइप्रसबाट समुन्द्री मार्ग हुँदै गाजामा वितरण गर्न लगिएको खाद्यान्न सामग्री झार्ने क्रममा इजरायली आक्रमणमा आफ्ना सात कर्मचारीको मृत्यु भएपछि गाजाको सहायता अभियान स्थगन गरिएको जनाएको छ ।

“गाजामा आईडीएफको आक्रमणमा हाम्रो टोलीका सात जना सदस्य मारिएका छन्,” अमेरिकास्थित च्यारिटी ‘वर्ल्ड सेन्ट्रल किचन’ले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मृत्यु हुनेमा अस्ट्रेलिया, पोल्याण्ड, अमेरिका, क्यानडा र प्यालेस्टाइनका नागरिक रहेका बताइएको छ ।

मानवीय सहायता प्रदान गर्ने क्रममा सहायताकर्मीको मृत्यु भएपछि विश्व समुदायबाट यस घटनाको चौतर्फी आलोचना भएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले गाजामा सहायता वितरण गने क्रममा मारिएका एक अस्ट्रेलियाली नागरिकको मृत्युमा पूर्ण जबाफदेहिताको माग गर्नुभएको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की प्रवक्ता एड्रिएन वाट्सनले ह्वाइट हाउस यस घटनाप्रति चिन्तित भएको बताउनुभएको छ ।

हिजो मात्रै इजरायली सेनाले अल–शिफा अस्पताल र त्यस वरपर दुई हप्ता लामो सैन्य अभियान सकाएको थियो । अभियानपछि इजरायली सेनाले अस्पतालका भवनहरूमा आगो लाउनुका साथै केही मानिसहरूको टैंकरले किचेर हत्या गरेका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत अक्टोबर ७ मा हमासले इजरायली सीमा प्रवेश गरि करिब १२ सय जनाको हत्या गरेपछि शुरु भएको युद्धमा हालसम्म करिब ३३ हजार प्यालेष्टिनीले ज्यान गुमाइसकेका छन् ।

ताजा समाचार

Related Articles