गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीद्वारा सपथ

लोकप्रिय

कास्की, चैत २५ गते ।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।

प्रदेश प्रमुख दिल्लीराज भट्टले मुख्यमन्त्री अधिकारीलाई सपथ गराउनुभएको हो । आइतबार नै अधिकारीलाई प्रदेश प्रमुख भट्टले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

मुख्यमन्त्रीमा खगराज अधिकारीसँग दुई विना विभागीय मन्त्रीले पनि सपथ लिनुभएको छ ।

माओवादीबाट हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले सपथ लिनुभएको हो । दुवै मन्त्रीलाई प्रदेश प्रमुख दिल्लीराज भट्टले सपथ गराउनु भएको हो ।

ताजा समाचार

Related Articles