प्रदेश प्रमुख शर्माद्वारा ‘ईद’ को शुभकामना

लोकप्रिय

हेटौँडा, चैत २९ गते ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले नेपाली हिन्दु, बौद्ध, इस्लाम तथा इसाई धर्मावलम्बीहरुबीच उच्चस्तरीय सहिष्णुता कायम रहेको बताउनुभएको छ ।
इस्लाम समुदायले आज बिहीबार मनाउँदै गरिएको ईद पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख शर्माले यस्तो बताउनुभएको हो ।
शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख शर्माले इस्लाम धर्मका अनुयायीहरुमा सुख, शान्ति एवम् सुवास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ । ‘ईद ऊल फित्रको यस सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली इस्लाम धर्मका अनुयायी दाजुभाई–दिदिबहिनीहरुमा सुख, शान्ति एवम् सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । ईद मुवारक भन्न चाहन्छु । ’ प्रदेश प्रमुख शर्माको शुभकामना सन्देशमा भन्नुभएको छ ।
हाम्रो देश बहुजातीय, बहुभाषिक र बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त रहेको भन्दै भौगोलिक विविधता अनुसार कला, संस्कृति र परम्पराहरु पनि बहुआयामिक भएको प्रदेश प्रमुखको शुभकामना सन्देशमा उल्लेख छ । ‘हाम्रा आफ्नै खालका चाडपर्वहरुमध्येको इद पनि इस्लाम मतावलम्बी समुदायबीच मनाइने एउटा महत्वपूर्ण पर्वभएको प्रमुख शर्माले शुभकामना सन्देशमा भन्नुभएको छ । ’

ताजा समाचार

Related Articles