निकुञ्जले दियो दुई करोड ५६ लाख क्षतिपूर्ति

लोकप्रिय

सुर्खेत । आर्थिक वर्ष २०८०/८१ मा डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडले निकुञ्जबाट गएका वन्यजन्तुले स्थानीयवासीको पशु, चौपायामा पारेको क्षतिको राहत उपलब्ध गराएको छ । निकुञ्जले पशुधन बिमाअन्तर्गत रु दुई करोड ५६ लाख वन्यजन्तु पीडित स्थानीयवासीलाई राहत उपलब्ध गराएको हो ।

डोल्पोबुद्ध गाउँपालिकाको धो, शे–फोक्सुण्डो गाउँपालिकाको फोक्सुण्डो र त्रिपुरासुन्दरी नगरपालिकाको रसिगाउँका स्थानीयलाई निकुञ्जका वन्यजन्तुले पशुचौपायामा पुर्याएको क्षतिको मूल्याङ्कन गरेर राहतस्वरुप उक्त रकम वितरण गरिएको निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिनुभयो । निकुञ्ज क्षेत्रमा बसोबास गरिरहेका र वन्यजन्तुवाट पशुधनमा पुर्‍याएको क्षतिले आहात भएका पीडितलाई पशुधन बिमाअन्तर्गत राहतस्वरुप रकम वितरण गरिएको उहाँले बताउनुभयो ।

राहतस्वरुप बीमा रकम वन्यजन्तुबाट पीडित नागरिकलाई आर्थिक वर्षको मध्यतिर विभिन्न मध्यवर्ती उपभोक्ता समितिको कार्यक्षेत्रमा पुगेर वितरण गरिएको संरक्षण अधिकृत श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बाँकी समयको भुक्तानी यही असार २४ गते सम्बन्धित पीडितलाई वितरण गरिएको हो ।

प्रत्येक वर्ष डोल्पाबाट जडीबुटीबाट रु तीन करोडको हाराहारीमा राजस्व सङ्कलन भएर केन्द्रमा जाने गरेको बताउँदै बीमा र विकास निर्माणबापत जिल्लामा भित्रने रकम पीडितलाई उपलब्ध गराइएको संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles