कोपा अमेरिका २०२४ उपाधि अर्जेन्टिनालाई

लोकप्रिय

काठमाडौँ । विश्वकै सबैभन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिता ‘कोपा-अमेरिका’ को उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनलमा कोलम्बियालाई १-० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो ।

अमेरिकाको मियामीस्थित होर्ड रक स्टेडियममा खेलको ११२औँ मिनेटमा अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले गोल गरे । ९७औँ मिनेटमा मैदान प्रवेश गरेका उनले गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् ।

खेल हेर्न टिकट नपाएका दर्शकको होहल्लाका कारण खेल निर्धारित समयभन्दा एक घण्टा १५ मिनेट ढिलो सुरु भएको थियो ।

६८औँ मिनेटमा लिओनल मेसी चोटका कारण मैदानबाट बाहिरिएका थिए । १९९४ पछि कुनै उपाधि जित्न नसकेको अर्जेन्टिनाले लगातार तीन उपाधि जितेको हो । २०२१ मा कोपा अमेरिका जितेपछि अर्जेन्टिनाले २०२२ मा विश्वकप उपाधि समेत जितेको थियो ।

फाइनलमा गोल गर्ने मार्टिनेजले प्रतियोगिता अवधिभर पाँच गोल गर्दै उत्कृष्ट गोलकर्ता समेत बनेका छन् ।

ताजा समाचार

Related Articles