नागढुंगा-सिस्नेखोला सुरुङको निरीक्षण

लोकप्रिय

धादिङ, भदौ १४ गते।
काठमाडौँको नागढुंगा-सिस्नेखोला सुरुङमार्गको भौतिक पूर्वाधार मन्त्रीलगायतले आज स्थलगत निरीक्षण गरेका छन ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले स्थलगत निरिक्षण गर्नुभएको छ ।

काठमाडौंको नागढुंगादेखि धादिङको नौबिसे, गल्छीबजार हुँदै चितवनको मुग्लिन र पोखरासम्मका नागरिकहरु भेट्ने, गुनासो सुन्ने र गर्नुपर्ने कामको योजना बनाउने यात्रामा निस्कनुभएका मन्त्री दाहालले पहिलो चरणमा सुरुङ मार्गको निरिक्षण गर्नुभएको हो ।

मन्त्री दाहालसँगै नेकपा एमाले धादिङका नेताहरुको टोली शुक्रबार बिहान काठमाडौँको बलम्बूबाट सुरुङ प्रवेश गरी धादिङको सिस्नेखोलातर्फ निस्किएका थिए ।

सुरुङको यात्रा गरेर निस्किनुभएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले नेपालमा सुरुङको युग सुरु भएको र काठमाडौँबाट पसेर धादिङमा निस्कँदा खुशी लागेको प्रतिकृया दिनुभयो ।

समयमै काम सक्न र चाँडै सुरुङ्ग संचालनमा ल्याउन ठेकेदार कम्पनी र सम्बन्धित निकायहरुलाई उहाँले निर्देशन पनि दिनुभयो ।

चन्द्रागिरी नगरपालिकाको बलम्बूदेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्ग अन्तर्गत आपतकालिन सुरुङको लम्बाई दुई हजार ५ सय ५७ मिटर र मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ८८ मिटर छ ।

आयोजनाका अनुसार हाल तीन चौथाई भन्दा बढी काम सकिएको छ ।

आयोजनाको मुख्य सुरुङ र आपतकालिन सुरुङ छिचोलिएर टनेलमा लाइनिङको काम भइरहेको सुरुङमार्ग आयोजनाका इन्जिनियर तथा प्रवक्ता रमेश कोइरालाले जानकारी दिनुभयो ।

सुरुङभित्रको सडक ढलान, बत्ती तथा अक्सिजन पाइप जडानको काम पनि सुरु भएको छ ।

आयोजना अन्तर्गत अहिले तीन वटा अन्डर पास, चार वटा कल्भर्ट, तीन वटा पुल र एउटा ओभर पास र फ्लाइओभर गरी कुल १२ वटा संरचना निर्माण भइरहेका छन् ।

एक वर्षभित्र अर्थात २०८२ सालको दशैँसम्ममा सवारी चलाउने गरी सुरुङमार्गको काम भइरहेको कोइरालाले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles