उच्च बार हेटौँडाको अध्यक्षमा भट्टराई निर्वाचित

लोकप्रिय

हेटौँडा, फागुन १७ गते ।
उच्च अदालत बार एसोसिएसन हेटौँडाको अध्यक्षमा मनप्रसाद भट्टराई निर्वाचित हुनुभएको छ ।
शनिबारभएको बारको निर्वाचनमा भट्टराई ३३ मतसहित विजयी हुँदा उहाँका निकट्तम प्रतिस्पिर्ध हरिप्रसाद भट्टले ३२ मत प्राप्त गर्नुभयो ।
यस्तै बारको उपाध्यक्षमा उपाध्यक्षमा निर्विरोध निर्वाचत हुनुभएको छ भने सचिवमा सुजन तिमल्सिना, सहसचिवमा पम्फा पुरी र कोषाध्यक्षमा रीमा प्याकुरेल निर्वाचित हुनुभएको छ ।
उच्च बारको सदस्यमा निर्वाचित हुनेहरुमा एक नारायण शर्मा, केशबप्रसाद अर्याल, हरिहर खतिवडा, ध्रुव सिह विष्ट, दीपेन्द्र बानियाँ, चुडाप्रसाद उप्रेती, गणेश अधिकारी र निशा क्षेत्री रहनुभएको छ ।
बारको केन्द्रीय पार्षद्मा कृष्णप्रसाद अर्याल, केशवप्रसाद गौतम, शिवप्रसाद बञ्जारा, श्रीराम दाहाल निर्वाचित हुनुभएको उच्च अदालत बार एसोसिएसन हेटौँडाले जनाएको छ ।

ताजा समाचार

Related Articles