हेटौँडा, फागुन २३ गते ।
खानेपानी धाराको मिटर चोरीमा संलग्नभएको अभियोगमा मकवानपुर प्रहरीले एक जनालाई पक्राउगरेको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नं. ४ भुवनसिंहपथस्थित यमबहादुर लामिछानेको घरमा जडानभएको खानेपानी धाराको मिटर चोरी गरेको आरोपमा सुरेश कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार घरको धारा चोरीभएको जानकारी आएपछि खटिएको प्रहरी टोलीले हुलियाको आधारमा खोजतलास गर्ने क्रममा बिहीबार राति भुवनसिंहपथस्थित सडकमा हिडिरहेको अवस्थामा हेटाँैडा २ स्थित वनस्खण्डीमा डेरा गरी बस्ने वर्ष २१ का कुमाललाई फेला पारी खानतलासी गर्ने क्रममा निजको साथबाट चोरीको धाराको मिटर फेला परेको जनाएको छ ।
बिहीबार बिहान १ः३० बजेको समयमा चोरीभएको उक्त मिटरसहित निज कुमाललाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट चोरी तथा डाँका सम्बन्धी कसुर मुद्धामा सात दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।