हेटौँडा, फागुन २५ गते ।
हेटौँडा उपमहानगरपालिका १ स्थित राप्तीखोलामा डुबेर एक किशोरको मृत्युभएको छ ।
हेटौँडा ५ पिप्ले बस्ने करिब १७ वर्षीय नाबालकको राप्ती खोलाको कोरे ढुङ्गा नजिक डुबेर आइतबार दिउँसो मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले अन्य दुई जना १७÷१७ वर्षका साथीहरुसँग नुहाउने क्रममा अचानक पानीमा डुबी बेहोस् भएपछि प्रहरी टोलीले उद्धार गरी उपचारको लागी हेटौँडा अस्पताल ल्याएकोमा १४ः१० बजेको समयमा डाक्टरले मृत्यु घोषणा गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार निज किशोरको शव सोही अस्पतालमा रहेको छ ।