विपत् प्रतिकार्यमा जुट्न प्रदेश प्रमुखको अपिल

लोकप्रिय

हेटौँडा, असार २४ गते । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले छिमेकी देश चीनको तिब्बत क्षेत्रमा परेको ठुलो पानीपछि भोटेकोसी नदीमा बाढीले क्षति पु¥याएका क्षेत्रमा राहत र उद्धारमा जुट्न आग्रह गर्नुभएको छ ।
उहाँले बागमती प्रदेशको रसुवा जिल्लामा मानवीय तथा भौतिक क्षति पु¥याएरसँगै मंगलबार एक अपिल जारी गर्दै यस्तो आग्रह गर्नुभएको हो ।
प्रदेश प्रमुख देवकोटाले सबैलाई सचेत रहन र सहयोग गर्न समेत अपिल गर्नु भएको छ ।
भोटेकोशी नदीमा बेपत्तामध्ये केहीको शव फेला परेको खबर छ । बेपत्ता, निधन र भौतिक संरचनाको अपूरणीय क्षतिको खबरले आफू स्तब्ध भएको उल्लेख गर्नुहँुदै प्रदेश प्रमुख देवकोटाले सोमबार राति चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीले नेपाल चीन जोड्ने मितेरी पुल, रसुवा भन्सार कार्यालय, भन्सार यार्डमा रहेका सवारी साधन, जलविद्युत परियोजनामा क्षति र सडक बगाएको जानकारी प्राप्त भएको अपिलमा उल्लेख गर्नुभएको छ ।

ताजा समाचार

Related Articles