त्रिभुवन राजपथको लामीडाँडा सडक खण्ड अवरुद्ध

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन ३१ गते । त्रिभुवन राजपथको लामीडाँडा सडक खण्ड पहिरोका कारण शनिबार बिहानैबाट अवरुद्ध बनेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका ९ लामिडाँडास्थित सडकखण्डमा माथिबाट ढुङ्गासहित रुखहरु खसेर सडक शनिबार बिहानैबाट पूर्ण रुपमा अवरुद्ध बनेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले दुई वटा डोजर लगेर सडक सुचारु गर्ने प्रयास भएपनि ठुलो ढुङ्गा खसेको कारण असम्भव भएकोले ब्रेकर लगेर सडक सुचारु गर्न बे्रकरको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ढुङ्गा फुटाउन बे्रकर आवश्यक भएकोले सडक सुचारु गर्न अझै केही समय लाग्ने बताउनुभयो ।
सडक विभागसँग समन्वय गरी सडक खुलाउने कार्य भईरहेको छ । उक्त स्थान प्रहरी चौकी भैंसे मकवानपुरबाट करिब २२ कि.मि.पश्चिम उत्तरमा रहेको छ ।

ताजा समाचार

Related Articles