प्रधानसेनापति ट्रफी सुरु

लोकप्रिय

काठमाडौँ, असोज १८ गते ।

यस वर्षको प्रधानसेनापति ट्रफी प्रतियोगिता भद्रकालीस्थित जङ्गी अड्डाको खेल मैदानमा आजदेखि सुरु भएको छ । उक्त मैदानमा आयोजित एक समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

यही असोज ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सेनाका पृतना, युद्ध मद्दत बाहिनी र विशेष फौज बाहिनीसहित १४ समूहबीच स्पर्धा हुनेछ ।

त्यस अवसरमा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकालले खेलकुदमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने प्रयास भइरहेको बताउनुभयो । उहाँले हरेक वर्ष सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय सहासिक ‘रन फर फन’ प्रतियोगिताको तयारी भइरहेको जानकारी दिनुभयो ।

प्रतियोगितामा तेक्वान्दो, बक्सिङ, पौडी, आर्चरी, एथलेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबलमा प्रतिस्पर्धा हुनेछ ।

ताजा समाचार

Related Articles