राष्ट्रिय उमा कुङफु भदौमा

लोकप्रिय

खासकुरा संवाददाता
काठमाडौँ, साउन २४ गते ।
नेपाल उमा कुङफु सङ्घको आयोजनामा छैटौँ राष्ट्रिय उमा कुङफु प्रतियोगिता आगामी भदौ २२ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा सातै प्रदेशबाट विभिन्न ३३ जिल्लाका करिब दुई सय खेलाडीको सहभागिता रहने आयोजक सङ्घका अध्यक्ष सिद्धार्थ लामा तामाङले जानकारी गराउनुभयो । सान्डा र प्याटर्नमा गरी जम्मा ४७ स्पर्धामा खेल हुनेछ । सान्डा र प्यार्टनमा उत्कृष्ट हुने पुरुष÷महिला खेलाडीलाई जनही १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिताको मुख्य जजमा अन्तर्राष्ट्रिय निर्णायकद्वय सिद्धार्थ लामा तामाङ र सञ्जीतकुमार राई रहनुभएको छ । अन्य जजमा कमल मगर, रमेश महर्जन, भुपेन्द्र गुरुङ र मुन्नी सुवेदी लामा तामाङ हुनुहुन्छ । श्याम डङ्गोल, मनोज विन्दुकार, सुदेन गुरुङ, सञ्जयराज पुटुवार, कुसुम तामाङ, सरिना घले, सुनिता श्रेष्ठ, पासाङ तामाङ, रविन पुटुवार, सिवान सुनुवार, निराजन मुक्तान, मनीष पुटुवार र श्रृषा खनालले रेफ्रीको भूमिका निर्वाह गर्नुहुने छ ।
प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न आयोजक नेपाल उमा कुङफु सङ्घले शिवकुमार कुँवरलाई संयोजकको जिम्मेवारी दिएको छ । दुईदिने प्रतियोगिताका खेलहरु तार्केश्वर नगरपालिकामा हुनेछ ।

ताजा समाचार

Related Articles