लागूऔषधसहित प्रहरीद्वारा चार जना नियन्त्रणमा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २८ गते ।
मकवानपुर प्रहरीले लागूऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले पूर्व पश्चिम लोकमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका १५ रातोमाटमा चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको बिआर ०१ बिए २०७९ नं. को भारतीय कार रोकी दुई जना भारतीयसहित १७ किलो पाँच सय ग्राम लागूऔषध गाँजा बरामद गरेको नियन्त्रणमा लिएको हो ।
कार चालक भारत बिहार राज्य वैशाली जिल्ला किरतपुर राजा रामका वर्ष २४ को नितेशकुमार र सो कारमा सवार भारतको वैशाली जिल्ला बावनघाट बालघाट भरथपुरका वर्ष २३ को रितेशकुमारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुलाई कारको सिटमुनी फल्स बटम बनाई लुकाई गाँजा, कारसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
यस्तै प्रहरीले १५० ट्याब्लेट लागूऔषध नाईट्राजेपामसहित मकवानपुर मनहरी गाउँपालिका वडा नं. ५ दरदराका वर्ष ३६ को राम सिं वाईबालाई नियन्त्रणमा लिएको छ ।
निजको साथबाट लागूऔषध नाईट्राजेपाम १५० ट्याब्लेट र गाँजाको धुलो जस्तो देखिने पदार्थ एक किलो फेला परेको प्रहरीको भनाई छ ।
यसैगरी पाँच किलो गाँजासहित एक जना महिलालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीको भनाई छ ।
हेटाँैडा हेटौँडा उपमहानगरपालिका १५ स्थित रातोमाटे सडकखण्डमा नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ८ ख ७३४६ नं. को यात्रुवाहक बस रोकेर जाँच गर्ने क्रममा जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका वडा नं. ४ कि महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो । ती महिलाले पाँच किलो गाँजा लुकाई ल्याएको अवस्थामा फेला पारी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles