कोशी र नारायणी तटीय क्षेत्रमा जोखिम कायमै

लोकप्रिय

खासकुरा संवाददाता
काठमाडौँ, साउन २९ गते ।
अविरल वर्षका कारण कोशी, नारायणी, कर्णाली नदीको तटीय क्षेत्रमा जोखिम कायमै रहेको छ ।
कोशी, नारायणी, कर्णाली, बबई र यसका सहायक नदीहरुको जलसतह सोमबार केही घटबढ भएपनि सतर्कता तह आसपास रहने पूर्वानुमान रहेकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसमविज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले सोमबार महाकालीको जलसतह खतरा तह आसपास हुने भएकाले तटिय क्षेत्रमा अति उच्च सतर्कता अपनाउन भनेको छ ।
साथै मङ्गलबाबाट नदीमा जलसतह घट्ने र सामान्य हुने अनुमान गरिएको छ ।

ताजा समाचार

Related Articles