खासकुरा संवाददाता
हेटौँडा, साउन २९ गते ।
मकवानपुर प्रहरीले लागऔषध गाँजा र चरेशसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
पूर्व पश्चिम लोकमार्गको हेटौँडा उपमहानगरपालिका वडा नं. १५ स्थित रातोमाटेमा हेटौँडाबाट वीरगञ्जतर्फ जाँदै गरेको बिआर ०५ एच ५११६ नं. को भारतीय कार रोकी जाँच गर्ने क्रममा कारका चालक भारतको रामगदवा पुर्वीचम्पारणका वर्ष २१ को सत्यम् कुमार र सो कारमा सवार भारत चम्पारण रामगदवाकका वर्ष ४५ को राम पुकार प्रसादलेलाई गाँजासहित पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले उक्त कारभित्र लुकाई ल्याएको गाँजा तीन किलो फेला परेको जनाएको छ ।
प्रहरीका अनुसार उक्त गाँजा ल्याएको स्थान बारेमा सोधपुछ गर्दा हेटौँडा उपमहानगरपालिका १८ स्थित हर्नामाडीका वर्ष २९ का भीमबहादुर घलानले बिक्री गरेको बताएपछि घलानलाई हेटौँडा १ स्थित लोकप्रिय मोडबाट नियन्त्रणमा लिई निजको घरकोठामा खानतलासी गर्दा कोठाबाट चरेश जस्तो देखिने पदार्थ ६० ग्राम फेला परेको छ । प्रहरीले गाँजा, चरेश, कारसहित तीनैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ ।