कांग्रेसको आन्तरिक विशेष अभियान सम्पन्न

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन ३० गते ।
नेपाली कांग्रेसको केन्द्रीय निर्देशनअनुसार मकवानपुरमा आन्तरिक विशेष अभियान २०८० सम्पन्न भएको छ । साउन २० गतेदेखि २९ गतेसम्म भएको १० दिने अभियानअन्तर्गत अन्तर्गत वडा तहदेखि जिल्ला तहसम्म छलफल, आन्तरिक समस्या, आगामी योजनालगायतका सवालमा छलफल भएको थियो । साथै अभियानको अन्तिम दन मङ्गलबार पार्टी केन्द्रीय र प्रदेश समितिका प्रतिनिधिलाई प्रतिवेदन बुझाउँदै नेपाल तरुण दल मकवानपुरको आयोजनामा कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्नभएको हो ।
कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं मकवानपुर प्रतिनिधि लक्ष्मी खतिवडा र बागमती प्रदेश समितिका मकवानपुर प्रतिनिधि कैलाश कोइरालालाई प्रतिवेदन बुझाइएको थियो । प्रतिवेदनमा पार्टीको वर्तमान अवस्था र पार्टी सुदृढिकरणको लागि आगामी दिन पर्ने गर्नुपर्ने गतिविधिका बारे समेटिएको जनाइएको छ ।
कार्यक्रममा कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, उपसभापति आनन्द कठायत, सचिवद्वय भीमसेन महत, ईश्वर पाठकलगायतका प्रतिनिधिको सहभागिता रहेको थियो ।
यसैबीच तरुण दल मकवानपुर जिल्ला अध्यक्ष लिलाराज सापकोटा (सन्तोष) ले अभियानअन्र्तगत तरुण दल मकवानपुरको आयोजनामा भएको रक्तदान कार्यक्रममा २८ जना रक्तादाताले रक्तदान गरेको जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles