निजी वन र जङ्गली जनावरका कारण जग्गा बाँझो

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन ३० गते ।
पछिल्लो समय जङ्गली जनावरका कारण जग्गा बाँझो राख्ने क्रम बढ्दै गएको छ । किसानले बाँझो रहेको जग्गामा बाली लगाई उत्पादन लिन तयार रहेपनि बाली लगाउन नसक्नुमा मुख्य समस्या जङ्गली जनावर बन्दै आएको छ ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं.४ वाईबाडाँडा टोल विकास र त्यहाँका किसानले छलफलमा जङ्गली जनावरका कारण पछिल्लो समय खेतीयोग्य जग्गा बाँझो राख्न बाध्य भएको बताएका हुन् ।
पालिकाको कृषि विकास शाखाले आयोजना गरेको छलफलमा किसानले सालका रुखहरु पनि समस्याको रूपमा रहेको बताएका थिए । सालको रुख मुनि अन्य कुनै बिरुवा आउन नदिने,रुखो बनाईदिने र कानुनी रुपमा रुख काट्न भन्दै वन बाक्दिँदै जाँदा जङ्गली जनावरहरु मृग, बँदेल,दुम्सी, बाँदरलगायत वृद्वि भएको छ ।
बाली लगायो उम्रिन्छ बढ्न नपाउँदै मृगले खाईदिने, हेरचाह गरेर हुर्काइयो दाना लाग्छ बाँदरले खाईदिने र बाली लगाउने बेलामा खर्च गर्यो, लागतसमेत नउठ्ने समस्या रहेको स्थानीयको गुनासो रहेको थियो ।
स्थानीयको प्रश्न छ अनि कसरी खेती लगाउने ? त्यही भएर बाध्यताले खेतीयोग्य जग्गाहरु बाँझो राख्न विवश छौ ।
छलफलमा किसानले रुख बिरुवाहरु काटेर हटाउन दिएमा आफ्नो निजी जग्गाको रुख विरुवा हटाएर बाली लगाउने र जङ्गली जनावर पनि कम आउने भन्दै निजी जग्गाको रुख बिरुवा काट्ने व्यवस्था मिलाउन माग गरेको कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles