पेट्रोलियम पदार्थको मूल्य बढ्यो

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन ३० गते । पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ । नेपाल आयल निगमले बुधबार बिहान १ः०० बजेबाट लागू हुने गरी मूल्य वृद्धि गरेको छ ।
स्वचालित मूल्य प्रणाली अनुसार निगमले मूल्य वृद्धि गरेको हो ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार नयाँ भाउ तोकेको मङ्गलबार निगमले विज्ञप्ति जारी गर्दै जनाएको छ । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर तीन रूपियाँ ८५ पैसा र डिजेलमा ११ रूपियाँ २५ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ ।
निगमले पेट्रोल प्रतिलिटर पाँच तथा डिजेल र मट्टितेल प्रतिलिटरमा १४ रुपियाँ मूल्य वृद्धि भएको जनाएको छ ।
नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७८ र डिजेल÷मट्टितेल १६७ रुपियाँ पुगेको छ । ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको छ ।

ताजा समाचार

Related Articles