कोशी र गण्डकी प्रदेशमा सतर्कता अपनाउन आग्रह

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन ३१ गते ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित बुधबार राति हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौँले कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन नागरिकलाई अनुरोध गरेको छ ।
प्राधिकरणका अनुसार हाल देशभर आँशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशको कास्की, लम्जुङ र म्यागदी आसपासको क्षेत्रहरुमा, बागमती प्रदेशको सिन्धुली जिल्ला आसपासको क्षेत्रमा साथै कोशी प्रदेशको खोटाङ र सोलुखुम्बू जिल्ला आसपासको क्षेत्रहरुमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।
साथै पछिल्लो एक देखि तीन घण्टामा कास्कीको पोखरा विमानस्थल, जुमलेटी वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षामापन भएको हुँदा कालीखोलालगायत स–साना नदीमा जलसतह बढ्न सक्ने देखिएको त्यस आसपासका क्षेत्रमा सतर्कता अपनाउन प्राधिकरणले भनेको छ ।

ताजा समाचार

Related Articles