स्वतन्त्र विद्यार्थी युनियन आन्दोलित

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन ३१ गते ।
मकवानपुर बहुमुखी क्याम्पस प्रशासनले अवैधानिक रुपमा प्राध्यापक नियुक्ति गरेको भन्दै स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पस आन्दोलित बनेको छ । क्याम्पसका नेपाली विषयका प्राध्यापमक रामचन्द्र सुवेदी सेवा निवृत भएपछि नेपाली विषयको प्राध्यापक आवश्यक परी विज्ञापन आव्हान भएको ठाउँमा तीन जना प्राध्यापक नियुक्त गरिएको प्रति क्याम्पसको ध्यानाकर्षण भएको स्वतन्त्र विद्यार्थी युनियनले जनाएको छ । क्याम्पसको विधि विधान विपरीत नियुक्त गरिएका प्राध्यापकहरुलाई तत्काल हटाउन स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष छोइसाङ लामा (स्याङ्तान) ले बुधबार विज्ञप्ति जारी गर्दै माग गर्नुभएको छ । लामाद्वारा जारी विज्ञप्तिमा ७२ घण्टाभित्रमा स्वतन्त्र विद्यार्थीको मागलाई संवोधन नगरेमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिइएको छ ।

ताजा समाचार

Related Articles