खोलाले बगाएर मृत्यु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन ३२ गते ।
पश्चिमी मकवानपुरको राक्सिराङमा खोलाले बगाएर एक जनाको मृत्युभएको छ ।
राक्सिराङ गाउँपालिका ६ र ७ को बीचमा पर्ने रेउती खोलाले बगाउँदा धनकाजी चेपाङको मृत्युभएको हो ।
राक्सिराङ गाउँपालिका ७ दामराङ घर भई हाल चितवनको राप्ती नगरपालिका १२ बस्दै आएका धनकाजीलाई रेउती खोलाले वैशाख ३० गते राति बगाएर मृत्युभएको बागमती प्रदेश सरकारका पूर्व राज्यमन्त्री सन्तबहादुर प्रजाले जानकारी दिनुभयो । मृतकका भिनाजु रामबहादुर चेपाङले धनकाजीको शव खोलाले बगाएको अवस्थामा बुधबार दुङ्थलीमा फेला परेको थियो । रामबहादुरका अनुसार ४८ वर्षीय धनकाजीलाई खोलाले मङ्गलबार साँझ घर आउँदै गरेको अवस्थामा बगाएको थियो ।

ताजा समाचार

Related Articles