हेटौँडामा एग्रोमार्ट सञ्चालनमा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ २ गते ।
हेटौँडा उपमहानगरपालिका वडा नं. ४ शितलमहल चोकमा दरबार एग्रोमार्ट सञ्चालनमा आएको छ।
युवा कृषि व्यवसायी सुरज लामाको लगानीमा स्थानीय र रैथाने बालीको प्रबर्धन गर्ने उद्देश्यसहित एग्रोमार्ट शनिबारबाट सञ्चालनमा ल्याइएको हो ।
कृषि कर्म गर्दै आएका लामाले सञ्चालनमा ल्याएको मार्टले आफ्नो उत्पादन सँगसँगै स्थानीय र रैथाने बाली उत्पादन बजारीकरणमा सहयोग विश्वास गरिएको छ ।
एग्रो मार्टमा फलफुल, तरकारी, गेडागुडी, मह लगायत स्थानीय एवम् रैथाने बालीहरु कोदो, कोदोको पिठो, फापर, फापरको पिठो, मार्सी चामल, स्थानीय बेसार साथै फलफूलको फ्रेस जुस, सजावटका बिरुवा बिक्रीका लागि राखिएको छ ।
कृषकको फार्म र खेतबारीबाट कृषि उपजहरु ल्याई ताजा र स्वस्थ वस्तु उपभोक्तालाई उपलब्ध गराइने लामाले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles